काठमाडौं । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ । मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले