गोकर्णेश्वरमा सुरु भयो सांस्कृतिक लाखे नाच (तस्बिरहरू)

  • सोमबार १ भौ २०८३ ०२:१५ PM
काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभरका नेवार समुदायमा वर्षभरि विभिन्न चाडपर्व, जात्रा र संस्कारअनुसार मौलिक धार्मिक तथा सांस्कृतिक नाँचगान प्रस्तुत गरिन्छ । सिथी नखःसँगै केही समयका लागि थामिने यस्ता सांस्कृतिक गतिविधि गथांमुगः अर्थात् घण्टाकर्ण पर्वसँगै पुनः सुरु हुन्छन् । घण्टाकर्ण राक्षसको बधसँगै उपत्यकाका टोल–टोलमा विभिन्न सांस्कृतिक नाचको रौनक देखिन थाल्छ । देवीदेवता, भूतप्रेत र पौराणिक कथासँग