काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो ।