काठमाडौं । नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले वर्तमान सरकार जनसरोकारका आधारभूत समस्या समाधान गर्न र संसदीय गरिमा कायम राख्न असफल भएको आरोप लगाएका छन् । सोमवार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र जनस्वास्थ्यका विषयमा सरकारको उदासीनताप्रति आलोचना गरेका हुन् । संसद्मा गणपूरक संख्या (कोरम) नपुग्नु र संविधान बमोजिम