संसद् बैठकमा अनुपस्थित हुने र बाहिरिने रास्वपा सांसदले आवेदन दिनुपर्ने व्यवस्था लागू

  • सोमबार १ भौ २०८३ १२:२८ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफ्ना सांसदहरूका लागि संसद् बैठकमा अनुपस्थित हुने तथा बैठकबाट बाहिरिनुपर्ने अवस्थाका सम्बन्धमा आवेदन दिनुपर्ने व्यवस्था गरेको छ । रास्वपाले सांसदहरूलाई पठाएको निर्देशनअनुसार कुनै कारणवश संसद् बैठकमा पूर्णरूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बिचमै छाड्नुपर्ने