काठमाडौंका डेरी, क्यान्टिन र होस्टेलमा खाद्य विभागको आकस्मिक अनुगमन, कैफियत भेटिएपछि कारबाही

  • सोमबार १ भौ २०८३ १२:०३ PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा काठमाडौंका विभिन्न खाद्य व्यवसायमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा विभिन्न व्यवसायमा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कैफियत भेटिएको जनाएको छ। विभागका अनुसार २०८३ साल साउन २७ गते पेप्सीकोला क्षेत्रमा रहेका विभिन्न डेरी पसलमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको, लेबल नभएको घ्यू बिक्रीका लागि राखिएको, दुग्ध पदार्थ उत्पादन, ढुवानी तथा भण्डारणमा प्लास्टिकका भाँडा प्रयोग गरिएकोलगायतका समस्या भेटिएका छन्। अनुगमनका क्रममा कृष्णचन्द्र अधिकारीले सञ्चालन गरेको डेरी दर्ता नगरी सञ्चालनमा ... The post काठमाडौंका डेरी, क्यान्टिन र होस्टेलमा खाद्य विभागको आकस्मिक अनुगमन, कैफियत भेटिएपछि कारबाही appeared first on Kalika Khabar.