लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपाल विद्युत् निर्यात गर्ने मुलुक बन्यो: नायब प्रबन्ध निर्देशक

  • सोमबार १ भौ २०८३ ११:४६ AM
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नायब प्रबन्ध निर्देशक मदन तिम्सिनाले लोडसेडिङको अँध्यारो युग पार गर्दै नेपालले विद्युत् उत्पादन, प्रसारण, वितरण र निर्यातमा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा सोमवार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले हाल विद्युत् प्रसारण ग्रिड करिब ९८ प्रतिशत जनसंख्यामा पुगेको बताए