मरुवा रोगका कारण ३५ प्रतिशतले चैते धानको उत्पादन घट्यो

  • सोमबार १ भौ २०८३ १२:०४ PM
गोरखा । जिल्लाको प्रमुख खाद्यबाली चैते धानको उत्पादन यस वर्ष ३५ प्रतिशतले घटेको छ । मरुवा रोगका कारण यो वर्ष उत्पादन घटेको जिल्लास्थित कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले बताए । गत वर्ष बाली भित्र्याउने बेला पानी परेको उल्लेख गर्दै उनले किसानले यसवर्ष सोही धान बीउका रूपमा प्रयोग गरेकाले धानमा मरुवा रोगको सङ्क्रमण