काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरूप झन् विस्तार हुँदै गएको भनी सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले मानव बेचबिखनजस्तो अमानवीय र राष्ट्रिय लज्जाको विषयलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताए । सचेतक परियारले विभिन्न प्रतिवेदनअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा