काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा देखिएको ग्यास अभाव, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति र संसदीय समितिमा देखिएको अस्वाभाविक व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पुनले सरकारले तथ्याङ्कमा आपूर्ति बढेको दाबी गरे पनि उपभोक्ताले सहज रूपमा ग्यास नपाउनुले बजारमा कृत्रिम अभाव वा कालोबजारी भइरहेको सङ्केत गरेको बताएका