काठमाण्डु– सरकारका मन्त्रीहरू पछिल्लो समय विभिन्न जिल्लामा पुग्ने क्रम बढिरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद पारसमणि गेलालले यस्तो गतिविधिको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले मन्त्रीको जिल्ला उपस्थितिभन्दा मन्त्रालयबाट हुने कामको प्रभाव नागरिकले महसुस गर्नुपर्ने बताए । सामाजिक सञ्जालमा भ्रमणका दृश्य सार्वजनिक गर्दैमा सरकारप्रतिको जनअपेक्षा पूरा नहुने