एमाले सांसद् बरालको प्रश्नः मन्त्रीलाई ज्वरो आउँदा सेनाको हेलिकोप्टर, जनताले स्ट्रेचरसमेत किन पाउँदैनन् ?

  • सोमबार १ भौ २०८३ ११:३२ AM
काठमाण्डु– एमाले सांसद यशुदाकुमारी बरालले सरकारका मन्त्री र सर्वसाधारणले पाउने स्वास्थ्य उपचार तथा आपत्कालीन उद्धार सुविधाबीच ठूलो अन्तर रहेको भन्दै सरकारमाथि प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले मन्त्री बिरामी पर्दा तत्काल हेलिकोप्टरको व्यवस्था हुने तर सामान्य नागरिकले अस्पताल पुगिसक्दा पनि स्ट्रेचर नपाउने अवस्था रहेको बताइन् । उनले भौतिक पूर्वाधारमन्त्री सुनील लम्साललाई बिरामी भएपछि