काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारतबीचको खुला सीमा व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई देशबीच आवतजावत गर्ने नागरिकको विवरण राज्यसँग रहने गरी भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् । साम्पाङले खुला सीमाका कारण नेपालमा कति भारतीय र भारतमा कति नेपाली बसोबास गरिरहेका छन् भन्ने यकिन