विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गर्‍यो : दङ्गाल

  • सोमबार १ भौ २०८३ १०:५४ AM
काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दङ्गालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा मुलुकमा केही पनि काम भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले विभिन्न सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा नेपालले फड्को मारेको दाबी गरेका हुन्। नेता दङ्गालले प्रस्तुत गरेको तथ्याङ्क अनुसार वि.सं. २०४७ सालमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ खर्ब २० अर्ब रुपैयाँ मात्र रहेकोमा हाल ६६ खर्ब पुगेको छ। सोही अवधिमा प्रतिव्यक्ति आय १ सय ८५ अमेरिकी डलरबाट वृद्धि भई १५३५ ... The post विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गर्‍यो : दङ्गाल appeared first on Kalika Khabar.