करदाता प्रोत्साहन पुरस्कारः ३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

  • सोमबार १ भौ २०८३ १०:१० AM
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ । सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार विजेता घोषणा गरिएको हो । गत साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा भएको पुरस्कारमा सहभागी भएका छन्