३५० रुपैयाँको सामान किनेका उपभोक्ताले पाए ‘बम्पर’मा १० लाख पुरस्कार

  • सोमबार १ भौ २०८३ १०:२८ AM
काठमाण्डु– करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो। साउन १६ देखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा सहभागी उपभोक्तामध्ये एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने उपभोक्ता