आशिका तामाङ सभामुखसँग झोक्किइन्, सभामुखले दिए सरकारलाई निर्देशन

  • सोमबार १ भौ २०८३ ०९:४१ AM
काठमाडौं । रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि शून्य समयमा आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् । विदेशमा अलपत्र शव व्यवस्थापन गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसके पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको र आफन्तहरू शव पाउने आशा गुमाउने अवस्थामा पुगेको उनको भनाइ छ । आफ्नो प्रश्नको सम्बोधन र सभामुखबाट रुलिङ नआएसम्म सदनमा उभिएरै विरोध जारी राख्ने ... The post आशिका तामाङ सभामुखसँग झोक्किइन्, सभामुखले दिए सरकारलाई निर्देशन appeared first on Kalika Khabar.