काठमाडौँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी सङ्गठनहरूलाई आह्वान गरेकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आह्वान गरेकी हुन् । उनले अपाङ्गता भएका नागरिक र सुत्केरी महिला समेत खाना पकाउने ग्यासका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गरिन् । उनले ग्यास अभावको कारण