काठमाडौं । जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटेल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वयमा सरोकारवाला पक्षसमेतको सहभागितामा गत वर्षको जस्तै चिया, नास्ता, खाना तथा लजबापतको शुल्क निर्धारण गरिएको हो । निर्धारित शुल्कअनुसार धुन्चे–घट्टेखोला आसपासमा प्रति कप रु ३० हुँदै गोसाईंकुण्डमा रु ८५, दालभात–तरकारीको