काठमाडौँ । राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रा. डा. प्रेमप्रसाद दंगालले विगत तीन दशकमा नेपालले उल्लेख्य प्रगति गरेको बताएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकमा मुलुकमा केही पनि काम भएको छैन भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले विभिन्न सामाजिक तथा आर्थिक सूचकहरूका आधारमा नेपालले फड्को मारेको दाबी गरे