काठमाण्डु– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभाले विश्वासको मत दिएको छ । सोमबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेका हुन् । आचार्यको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको छ । सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले बहुमत प्राप्त गरेको औपचारिक घोषणा गरे । आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा