आकस्मिक समयको दुरुपयोग गरेपछि सभामुखले काटे रास्वपा सांसद खरेल बोल्दा-बोल्दै माइक

  • सोमबार १ भौ २०८३ १०:०५ AM
काठमाण्डु– प्रतिनिधिसभामा आकस्मिक समयको सदुपयोग गर्दै पार्टीगत चुनावी गतिविधिबारे धारणा राख्न खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुलभ खरेललाई सभामुख डोलप्रसाद अर्यालले बोल्दा बोल्दै बीचमै रोकेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा खरेलले बोल्नका लागि आकस्मिक समय मागेका थिए । खरेलले रास्वपाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन लक्षित ‘क्यान्डिडेट क्लब’ को प्रसंगमा विषय राखे ।