काठमाण्डु– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकार, पूर्वाधार विकासदेखि सीमा व्यवस्थापनसम्मका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता गर्दै गण्डकीसँग सम्बन्धित ९ वटा महत्वपूर्ण विषय तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाका अनुसार भेटमा पाण्डेले