काठमाडौं । उपभोक्ताले ३५० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँ जितेका छन् । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार अन्तर्गत ३५० रुपैयाँको सामान किनेका ग्राहकले १० लाख जितेका हुन् । आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र अर्थसचिव डा। घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिएको हो ।