भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

  • सोमबार १ भौ २०८३ ०९:४३ AM
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले जनरल सेठलाई मानार्थ महारथीको दर्जासहित सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि कायम छ।