राष्ट्रिय सभा बैठकमा रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग

  • सोमबार १ भौ २०८३ ०८:४५ AM
काठमाडौँ । सांसदहरूले मुलुकमा व्याप्त खाना पकाउने ग्यास (एलपीजी) को अभाव, बाढी–पहिरोबाट भएको जनधनको क्षति र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बैठकमा ‘शून्य समय’ मा बोल्दै सांसद गीता देवकोटाले बजारमा ग्यासको नियमित आयात भनिए पनि सर्वसाधारणले घण्टौँ लाइनमा बस्दा समेत ग्यास नपाएको गुनासो गरिन् । उनले सरकार र