काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) आजबाट एमाले नेता हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारका सहभागी हुँदैछ । दुई दलका शीर्ष नेताबीचको तीन बुँदे समझदारीपछि काँग्रेस बाहिरिइसँगै नेकपा सरकारमा सहभागी हुन लागेको हो । नेकपाले जीवन आचार्यको नेतृत्वमा सरकारमा पठाउने चार मन्त्रीको नाम टुंगो लगाएको छ । आचार्य संयोजक पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाईं हुन् ।