सरकार चलाउने ढंग नभए मार्ग प्रशस्त गर्नुस्: अध्यक्ष राउत

  • सोमबार १ भौ २०८३ ०९:१२ AM
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत आवश्यकतामा कर लगाएर जनतालाई थप सास्ती दिएको आरोप लगाएका छन् । सोमवार काठमाडौँमा ‘डेडिकेटेड तथा ट्रंक लाइन’को बक्यौता महसुल उठाउन र विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सुरु गरिएको वृहत् हस्ताक्षर अभियानमा बोल्दै उनले यस्तो बताएका