नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् । दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ । साँढे