काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य गर्नुपर्ने बताएकी छन् । नेपाल विद्युत् प्राधिकरणको ४१ औँ वार्षिकोत्सवको अवसरमा सोमवार आयोजित कार्यक्रममा उनले विद्युत् उत्पादन, प्रशारण, वितरण र मागबीच सन्तुलन कायम गर्नुपर्ने बताएकी हुन् । उनले प्राधिकरण अब विद्युत् उत्पादन र वितरणको विस्तारसँगै गुणस्तरीय तथा