सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुख अर्यालको रुलिङ

  • सोमबार १ भौ २०८३ ०७:५७ AM
काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उठेका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्। आजको बैठकमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्। सभामुख अर्यालले भने ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण