ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

  • सोमबार १ भौ २०८३ ०७:२९ AM
ललितपुर । ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको १५ मिनेटभित्र चिकित्सकसहितको एम्बुलेन्स बिरामीको घरमै पुग्ने सेवा आजदेखि सुरु गरेको छ । महानगरले हाल पाँचवटा एम्बुलेन्समार्फत सेवा सञ्चालनमा ल्याएको हो । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधि, भेन्टिलेटरलगायत अत्यावश्यक उपकरणको व्यवस्था गरिएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान