भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

  • सोमबार १ भौ २०८३ ०८:०५ AM
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन्। आइतबार काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष सेठले सोमबार जङ्गी अड्डामा प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विषय तथा नेपाल र भारतबीचको पारस्परिक सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले