काठमाडौं। भारतीय सेनाका प्रमुख धिरज सेठलाई आज मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल र भारतबीच एक अर्का देशका प्रधानसेनापतिलाई मानर्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहिआएको छ । सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थहरूको पनि उपस्थिति रहेको थियो । नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका भारतीय सेना प्रमुख सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका थिए । ... The post भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान appeared first on Kalika Khabar.