भोजपुर : मौसमको परिवर्तनसँगै भोजपुरमा भाइरल ज्वरोको संक्रमण बढ्न थालेको छ। पछिल्ला केही दिनयता ज्वरो, रुघाखोकी, टाउको दुख्ने, घाँटी दुख्ने तथा शरीर दुख्नेजस्ता समस्याले ग्रस्त बिरामीहरू स्वास्थ्य संस्था पुग्ने गरेका छन्। सदरमुकामस्थित जिल्ला अस्पताल भोजपुरमा समेत भाइरल ज्वरोका बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीलाई समेत सेवा प्रवाहमा थप सास्ती बढेको छ।अस्पतालको बहिरंग सेवामा पछिल्ला दिनमा सामान्य अवस्थाभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन्। विशेषगरी ज्वरोसँगै रुघाखोकी, घाँटी दु