‘ऊनको स्वीटर’को दोस्रो अध्याय आउँदै, दशैँपछि छायांकन

  • सोमबार १ भौ २०८३ ०६:३४ AM
काठमाडौँ । २०८२ सालको ब्लकबस्टर चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ‘इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । सिक्वेलको नाम ‘कलेजी– ऊनको स्वीटर’ राखिएको छ । आगामी दशैँपछि छायांकन सुरु हुने यस चलचित्रलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य