विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै

  • सोमबार १ भौ २०८३ ०६:४१ AM
चितवन । चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री बनाउँदै दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गति नियन्त्रण उपकरण जडान गरिने भएको छ । विद्यालयका सवारीसाधनको नियमित यान्त्रिक परीक्षण गराउनुपर्ने निर्णय समेत भएको छ । चालक तथा सहचालकलाई समय–समयमा अनुशिक्षण प्रदान गर्ने र मादक पदार्थ सेवन (मापसे) नियन्त्रणका उपाय सबै विद्यालयले अवलम्बन गर्नुपर्ने निर्णयसमेत भएको छ ।