चलचित्र ‘द राइज अफ साम्राज्य’मा नाजिरको इन्ट्री

  • सोमबार १ भौ २०८३ ०६:४४ AM
काठमाडौँ । निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन् । नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए । ‘नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन् ।