झापामा जापानिज इन्सेफ्लाइटिसको अध्ययन गर्न स्थलगत टोली परिचालन

  • सोमबार १ भौ २०८३ ०७:०२ AM
झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण बढ्दै गएपछि जिल्लाको पछिल्लो अवस्था अध्ययन गर्न स्थलगत टोली परिचालन गरिएको छ । जिल्लामा पछिल्लो चार महिनामा १० जनामा सङ्क्रमण पुष्टि भएको र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएपछि सङ्क्रमणको अवस्था, वातावरणीय जोखिम तथा समुदायको अवस्थाबारे अध्ययन गर्न टोली परिचालन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार