जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

  • सोमबार १ भौ २०८३ ०६:३३ AM
काठमाडौं । काठमाडौं जिल्ला अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि आज सोमबार बिहानै अदालत उपस्थित गराएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।