काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान, साउदी अरेबिया र टर्कीबीच भएको त्रिपक्षीय ‘मक्का संयुक्त रक्षा सम्झौता’को स्वागत गरेका छन् । उनले यो सम्झौताले तीनै देशलाई आफ्नो सुरक्षा अझ मजबुत बनाउन मद्दत पुग्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले भने, 'पाकिस्तान, साउदी अरेबिया र टर्कीले मक्का संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेकोमा मलाई अत्यन्तै खुसी लागेको छ। यसले मध्यपूर्व एकजुट हुँदै गएको र देशहरू आफ्नो रक्षाका ला