एजेन्सी । टर्कीको दक्षिणपूर्वी प्रान्त दियारबाकिरमा एउटा मिनीबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार दियारबाकिरको लाइस जिल्लामा चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउँदा मिनीबस सडकमै पल्टिएको थियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलमा आपत्कालीन उद्धार टोलीहरू परिचालन गरिएको थियो । टर्कीको सरकारी समाचार एजेन्सी ‘अनादोलु’ काअनुसार