मोरङ कारागारमा प्रशासनकाे ‘सर्च’ अप्रेसन, कैदीबन्दीले गरे नाराबाजी र तोडफोड

  • सोमबार १ भौ २०८३ ०४:४० AM
काठमाण्डु– जिल्ला कारागार मोरङमा सोमबार बिहान तनाव उत्पन्न भएको छ । सुरक्षा निकायले चलाएको ‘सर्च’ अप्रेसनलाई लिएर कैदीबन्दीहरूको विरोध र नाराबाजी गरेका हुन् । विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’ मा रहेका कैदीबन्दीहरू प्रशासनको विरोध गर्दै आन्दोलन गरेका हुन् । सोमबार बिहान करिब ५ बजेबाट प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन् ।