विदेशी मुद्रासहित निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

  • सोमबार १ भौ २०८३ ०६:१५ AM
काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ । आइतबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका निगमका दुई कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले निगमका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि