काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनलाई लिएर न्यायाधीश सुवेदी र ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । उनको पक्राउपछि पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता