नागढुंगा-मुग्लिन सडकखण्ड पुनः सञ्चालन

  • सोमबार १ भौ २०८३ ०५:३३ AM
काठमाडौं । पहिरो पन्छाएसँगै नागढुंगा–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा सोमबार बिहान सुक्खा पहिरो खस्दा पौने ६ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो हटाएपछि सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।