आफ्नै क्षेत्रका मतदातालाई गृहमन्त्री सुधन गुरुङको रोष– चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुस्

  • सोमबार १ भौ २०८३ ०५:०५ AM
काठमाडौं । गोरखाका स्थानीयले चुनावी प्रतिबद्धताअनुसार ल्याबका लागि बजेट माग्दा गृहमन्त्री सुधन गुरुङले चार महिनामै विकासको ‘कायापलट’ गर्न नसक्ने भन्दै ‘भोट लिएर जानुस्’ भन्ने जवाफ फर्काएका छन् । हिजो आइतबार शहीद लखन गाउँपालिकामा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयले चुनावका बेला ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको स्मरण गराउँदै बजेट नआएको गुनासोसहित प्रश्न गरेका थिए । कार्यक्रममा एक जनाले ‘एउटा सानो कुरो’ भन्दै ल्याबको बजेटबारे सोधे । ‘हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबका लागि बजेट खै ? हजुरले मन्त्रालयको सचिवलाईधरी फोन गर्नुभाथ्यो यहीँबाट । र, तपाईंहरू ढुक्क हुनुस् यो आउने बजेटमा म ... The post आफ्नै क्षेत्रका मतदातालाई गृहमन्त्री सुधन गुरुङको रोष– चार महिनामै कायापलट गर्न सक्दिनँ, भोट लिएर जानुस् appeared first on Kalika Khabar.