धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२, चालिसेमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक करिब चार घण्टापछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।सोमबार बिहान पौने ६ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फको आवागमन अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन रोकिँदा लामो जाम लागेको थियो।जिल्ला ट्राफिक प्रहरी कार्यालय (धादिङ, गजुरी) र इलाका प्रहरी कार्यालय (गजुरी) बाट खटिएको प्रहरी टोलीको समन्वयमा निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरी पहिरो पन्छा