प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची?

  • सोमबार १ भौ २०८३ ११:०१ AM
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार अपरान्ह १ बजे बस्ने बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।बैठकमा महिला,बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।त्यस्तै,परराष्ट्र मन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधे