मध्यरातमा होटलबाट युवतीसहित प्रहरी इन्चार्ज नियन्त्रणमा

  • सोमबार १ भौ २०८३ ०४:४२ AM
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटलबाट एक युवतीसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीयका अनुसार श्रेष्ठलाई मध्यरातमा नमोबुद्धस्थित एक होटलबाट युवतीसहित नियन्त्रणमा लिइएको हो । त्यसपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको थियो । जिम्मेवारी र प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा स्थानीयले